काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार १७५ रुपैयाँ रहेको छ। चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ र १० ग्राममा ५ हजार ८९० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँ र चाँदी तोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित: १३ माघ २०८२ ११:११
प्रतिक्रिया



