सुनको मूल्यले नयाँ रेकर्ड, तीन लाख ३ हजार ८ सय रुपैयाँ कायम

हिमाल प्रेस ११ माघ २०८२ १०:५० | Sunday, January 25, 2026
18
SHARES
सुनको मूल्यले नयाँ रेकर्ड, तीन लाख ३ हजार ८ सय रुपैयाँ कायम

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार दुई हजार चार सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा तीन लाख एक हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ६ हजार ४८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: ११ माघ २०८२ १०:५० | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast