सुनचाँदीको मूल्य बढ्यो

हिमाल प्रेस ६ माघ २०८२ ११:३६ | Tuesday, January 20, 2026
16
SHARES
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार सात सय रूपैयाँ महँगो हो।

मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार तोलामा पाँच हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रुपैयाँ बढेको हो।

प्रकाशित: ६ माघ २०८२ ११:३६ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast