‘गोबर गणेश’ ले ९ दिनमा कमायो १ करोड १४ लाख

हिमाल प्रेस १२ माघ २०८२ ११:११ | Monday, January 26, 2026
14
SHARES
‘गोबर गणेश’ ले ९ दिनमा कमायो १ करोड १४ लाख

काठमाडौँ- फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको ९ दिनमा १ करोड भन्दा माथि व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस कलेक्सनअनुसार फिल्मको कमाइ १ करोड नाघेको छ।

फिल्मले माघ १० गते सम्म १ करोड १४ लाख ३५ हजार २ सय ६ रुपैयाँ कलेक्सन गरेको छ। जसअनुसार फिल्मको ४० हजार २ सय ३४ टिकट बिक्री भएको छ।

निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ निर्माण गरेको फिल्ममा ग्रामीण परिवेशमा हुर्केको गणेशको जीवन संघर्षको कथा समेटिएको छ। आफ्नो सपना पूरा गर्न सहर पसेपछि उसले सामना गर्नुपरेको चुनौतीलाई देखाइएको छ।

गणेशको भूमिकामा छन् निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’। उनको यो डेब्यु निर्देशकीय फिल्म हो। यही फिल्मबाट उनले ठूलो पर्दामा डेब्यु गरेका हुन्।

साथै फिल्ममा वर्षा शिवाकोटी, विनोद न्यौपाने, सीतादेवी तिमल्सिना, पदम तामाङ, बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, निर्मल शर्मा, माओत्से गुरुङ, पुजन घिमिरे (पुकु), स्वस्तिका लामिछानेलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १२ माघ २०८२ ११:११ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast