जेनजी अभियन्ता रक्षा बमले कांग्रेस र रास्वपालाई दिइन् साधुवाद

हिमाल प्रेस ६ माघ २०८२ १५:३० | Tuesday, January 20, 2026
26
SHARES
जेनजी अभियन्ता रक्षा बमले कांग्रेस र रास्वपालाई दिइन् साधुवाद

काठमाडौँ- अभियन्ता रक्षा बमले फागुन २१ मा हुने निर्वाचनमा आफू उम्मेदवार नबन्ने स्पष्ट पारेकी छन्। पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा फैलिएका विभिन्न हल्लाप्रति प्रतिक्रिया दिँदै जेनजी आन्दोलनपछि चर्चामा आएकी बमले आफ्नो राजनीतिक अभिमुखीकरण चुनावभन्दा सडक आन्दोलनमै केन्द्रित रहेको उल्लेख गरेकी छन्।

बमले सडकलाई आफ्नो राजनीतिक विश्वविद्यालयको संज्ञा दिँदै भुइँमान्छेहरूसँगै रहेर सिक्ने र संघर्ष गर्ने चाहना यथावत् रहेको उल्लेख गरिन्। ‘सडक सधैँ मेरो लागि नजिक छ। मेरो कन्भिक्सन आन्दोलन हो,’ उनले भनेकी छन्, ‘म फागुन २१ को चुनाव नलड्ने कुरा हिजो पनि प्रस्ट थियो, आज पनि प्रस्ट छ।”

उनले आफ्नो राजनीतिक यात्राप्रति सद्भाव र शुभेच्छा व्यक्त गर्ने नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नयाँ नेपाली कांग्रेसप्रति साधुवाद व्यक्त गरेककी छन्। साथै, आफूप्रति प्रेम, सल्लाह, सुझाव र साथ दिने सबैप्रति आभार प्रकट गरेकी छन्।

अभियन्ता बम पछिल्लो समय सडक केन्द्रित राजनीतिक चेतना र नागरिक आन्दोलनमा सक्रिय रहँदै आएका छिन्।

प्रकाशित: ६ माघ २०८२ १५:३० | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast