आमनिर्वाचन : एमालेमा करिब ५५ प्रतिशत नयाँ अनुहार

हिमाल प्रेस ६ माघ २०८२ २०:५०
20
SHARES
आमनिर्वाचन : एमालेमा करिब ५५ प्रतिशत नयाँ अनुहार

काठमाडौँ- नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।

आज (मंगलबार) पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीे प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ-आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिए।

उनका अनुसार यसपटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४ दशमलव ५४ प्रतिशत नयाँ छन्। तीमध्ये मधेश र सुदूरपश्चिम प्रदेशमा ५०/५० प्रतिशत र कोशीमा ५३ दशमलव ५७ प्रतिशत उम्मेदवार नयाँ छन्।

यस्तै सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२ दशमलव ३० प्रतिशत रहेका प्रचार विभाग प्रमुख शाहीले बताए।

यस्तै बागमती ६० दशमलव ६० र गण्डकीमा ६१ दशमलव ११ प्रतिशत रहेको नयाँ उम्मेदवार रहेका छन्।

प्रकाशित: ६ माघ २०८२ २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast