परिस्कृत कांग्रेसमार्फत समुन्नत देश बनाउने गगन थापाको प्रतिबद्धता

हिमाल प्रेस ७ माघ २०८२ १२:०९ | Wednesday, January 21, 2026
10
SHARES
परिस्कृत कांग्रेसमार्फत समुन्नत देश बनाउने गगन थापाको प्रतिबद्धता गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि आफू प्रतिबद्ध  रहेको जनाएका छन्। उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ।’

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएपछि अध्यक्ष थापाले उक्त कुरा बताएका हुन्।

निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार ६८ राजनीतिक दलका तर्फबाट दुई हजार २९७ र स्वतन्त्र रूपमा १ हजार १८७ जनाले मनोनयन दर्ता गरेका हुन् ।

कांग्रेसले सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। यसअघि २०७९ साल र २०७४ सालको चुनावमा कांग्रेसले अन्य दलसँग गठबन्धन गरेर सबै क्षेत्रबाट उम्मेदवारी दिएको थिएन।

सभापति थापा सर्लाही निर्वाचन क्षेत्र ४ बाट चुनावी मैदानमा छन्। उनी यसअघि काठमाडौँ ४ बाट प्रतिस्पर्धा गर्दै आएका थिए।

प्रकाशित: ७ माघ २०८२ १२:०९ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast