सुर्खेत – राष्ट्रियसभा सदस्यका लागि कर्णालीबाट नेकपा एमालेबाट मिनासिंह रखाल र नेपाली कांग्रेसबाट जुम्लाका ललितजंग शाहीले उम्मेदवारी दर्ता गराएकी छन्।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर रखालले दिउँसो १ बजे र शाहीले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएकी हुन्।
रखालको प्रस्तावकमा नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक टेकराज पछाँइ र वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल भण्डारी समर्थक रहेका छन्।
त्यस्तै नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका शाहीका प्रस्तावक र समर्थक कर्णाली प्रदेशसभा सदस्यद्वय बेदराज सिंह र खड्क पोखरेल समर्थक छन्।
नेपाली कांग्रेस प्रदेश कार्यसमितिका सभापतिसमेत रहेका शाही २०७९ को प्रदेसभा निर्वाचनमा कांग्रेसकै विद्रोही उम्मेदवार देबेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए।
कर्णालीबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि उम्मेदवारी दर्ता गराएको छ। नेकपाबाट महिलातर्फ अञ्जु महत्तरा र अन्यतर्फ बुद्धिप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।
महत्तारा डोल्पा र शर्मा रूकुमपश्चिमबाट उम्मेदवार बनेका हुन्।
शर्माको प्रस्तावकमा विन्दमान विषट र कृष्णबहादुर जिसी समर्थक छन् भने महत्तराको प्रस्ताव उर्मिला विक र समर्थकमा मिलन खड्का रोका छन्। दुवै उम्मेदवारका प्रस्तावक र समर्थकहरू कर्णाली प्रदेशसभा सदस्य हुन्।



