पूर्वमन्त्री रामेश्वर राय जसपा नेपालमा प्रवेश

हिमाल प्रेस ४ माघ २०८२ १५:२६ | Sunday, January 18, 2026
24
SHARES
पूर्वमन्त्री रामेश्वर राय जसपा नेपालमा प्रवेश

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामेश्वर राय यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन्। आइतबार जसपा नेपालको बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यादवसहितका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका थिए।

विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष रहेका यादव २०७४ सालमा तत्कालीन माओवादी केन्द्र प्रवेश गरेका थिए।

सर्लाहीको चक्रघट्टा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टी प्रवेश गराएका थिए।

त्यस्तै कार्यक्रममा सर्लाही क्षेत्र नम्बर ३ चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादव पनि जसपा नेपाल प्रवेश गरेका थिए।

प्रकाशित: ४ माघ २०८२ १५:२६ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast