काठमाडौँ- काठमाडौँको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ। ईश्वर कार्कीले सञ्चालन गरेको काठ गोदाममा भीषण आगलागी भएको हो।
काठ गोदामबाट सल्किएको आगोले नजिकै रहेको लोयला स्कुलमा समेत क्षति पुगेको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका साथै विमानस्थल, सुरक्षा निकायको दमकल र पानी ट्याङ्करले आगलागी नियन्त्रणमा लिएको थियो।
त्यस्तै आगलागी नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौँ महानगरका नगर प्रहरी परिचालन गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले काठको गोदामबाट आगलागी सुरु भएको र नजिकै रहेको एक विद्यालयमा समेत क्षति पुगेको बताए।
आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २२ पुष २०८२ १७:२६
प्रतिक्रिया



