अपमानित महसुस गर्दै नेकपाका १२ केन्द्रीय सदस्यले छाडे पार्टी

हिमाल प्रेस ५ माघ २०८२ ७:११ | Monday, January 19, 2026
38
SHARES
अपमानित महसुस गर्दै नेकपाका १२ केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौँ- उम्मेदवार सिफारिस नभएपछि नेपाली कम्युनिस्ट पार्टीका १२ जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

पार्टी एकता हुँदा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट १२ जना केन्द्रीय सदस्य जोडिएका थिए। संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनीहरूले राष्ट्रियसभा, समानुपातिक र प्रत्यक्षतर्फ एक जना पनि छनोट नभएकोमा अपमानित महसुस गरेका छन्।

‘छोटो समय भए पनि हजुरको पार्टी र हजुरको जम्बो केन्द्रीय समितिमा रहेर काम गर्न मौका दिनुभएकोमा धन्यवाद। हामी वामदेव गौतमको एकता राष्ट्रिय अभियानबाट यस पार्टीमा १२ जना केन्द्रीय सदस्य जोडिएका थियौँ। अभियानबाट आएका साथीहरूमध्ये राष्ट्रियसभा, समानुपातिक तथा प्रत्यक्षतर्फ १ जना पनि छनौट हुन नसकेकोले हामी सबै जना असक्षम भएको महसुस भएकाले नैतिकताको आधारमा यस पार्टीमा रहिरहनु उपयुक्त नभएकाले हामीले सामूहिक राजीनामा दिई स्वतन्त्र बस्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।

राजीनामा दिनेमा विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता लगायत १२ जना केन्द्रीय सदस्य रहेका छन्।

प्रकाशित: ५ माघ २०८२ ७:११ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast