अन्यत्र निख्रिएपछि बाँसखर्कका किसानले दोब्बर पारे सुन्तलाको मूल्य

हिमाल प्रेस १६ माघ २०८२ ९:१८ | Friday, January 30, 2026
18
SHARES
अन्यत्र निख्रिएपछि बाँसखर्कका किसानले दोब्बर पारे सुन्तलाको मूल्य

म्याग्दी- अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन्।

अन्यत्रका किसानले सरदर प्रतिकिलो रु ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन्।

हाल प्रतिकिलो रु एक सय ६० का दरले बिक्री भइरहेको बाँसखर्कको सुन्तलाको भाउ दैनिकजसो उकालो चढिरहेको अगुवा किसान जगतबहादुर खत्रीले बताए।

‘देशका अन्य ठाउँको बगैँचा रित्तिएपछि व्यापारीले बाँसखर्कको सुन्तला किनेर लैजान थालेका छन्’, उनले भने,‘माघ महिनासम्म बगैँचामा राखिने भएकाले बाँसखर्कको सुन्तलाले राम्रो बजारभाउ पाएको हो। माघको अन्तिममा प्रतिकिलो रु दुई सयसम्ममा सुन्तला बिक्री हुन्छ।’

पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आएका छन्।

बाँसखर्कको एक हजार ५०० रोपनी जग्गामा सुन्तलाखेती भएको छ। यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ। बाँसखर्कमा ५१ हजार १५१ सुन्तलाका बोट छन्।

प्रकाशित: १६ माघ २०८२ ९:१८ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast