झापा २ मा चुनावी रोचकता : एकैसाथ प्रतिस्पर्धामा सभामुख घिमिरे र उपसभामुख मगर

हिमाल प्रेस ५ माघ २०८२ ११:३९
10
SHARES
झापा २ मा चुनावी रोचकता :  एकैसाथ प्रतिस्पर्धामा सभामुख घिमिरे र उपसभामुख मगर

काठमाडौँ- प्रतिनिधिसभाको फागुन २१ को निर्वाचनका लागि उम्मेदवार तय गर्ने क्रम जारी छ। माघ ६ अर्थात् भोलि उम्मेदवारी दर्ता भएकाले सबै दलहरूले उम्मेदवार तय गरिरहेका छन्। यसपटक सबैभन्दा चर्चाको शिखरमा छ, झापा–५। जुन क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली लड्दैछ भने उनको प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट वरिष्ठ नेता बालेन शाह भिड्दैछन्।

उनीहरूमध्ये झापा ५ मा को रोजाइमा पर्छन् हेर्न बाँकी छ। यसबाहेक नेकपाबाट रन्जित तामाङले पनि टिकट पाएका छन्। यही क्षेत्रबाट जितेर ओली पटकपटक प्रधानमन्त्री बने। अब उनलाई टक्कर दिन बालेन शाह आएका छन्। बालेनलाई रास्वपाले ‘भाबी प्रधानमन्त्रीका उम्मेदवार’ भनेको छ। उनीहरूबीचको भिडन्त रोचक बन्ने छ।

झापा ५ जस्तै चर्चाको शिखरमा छ, झापा २ पनि। यस क्षेत्रमा २०७९ पछि एकै पटक संसदको थलोमा पुगेका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिराराना मगर भिड्दैछन्। एमालेबाट घिमिरेले टिकट पाएका छन् भने मगरलाई रास्वपाले उठाउँदैछ। यसअघि घिमिरे यसक्षेत्रमा विजयी बनेका थिए भने मगर समानुपातिकबाट संसद छिरेकी थिइन्।

उनीहरूबीचको भिडन्त हुने निश्चित भइरहदा अधिवक्ता स्वागत नेपाल पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने भएका छन्। गएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको हैसियतमा लडेका उनी अब राप्रपाबाट उम्मेदवार बन्दैछन्। उनले स्वतन्त्रकै हैसियतमा भए पनि घिमिरेलाई कडा टक्कर दिएका थिए।

प्रकाशित: ५ माघ २०८२ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast