प्रलोपा र राष्ट्रिय परिवर्तन पार्टीबीच चुनावी सहकार्य र एकता सहमति

हिमाल प्रेस २३ पुष २०८२ १३:५४
256
SHARES
प्रलोपा र राष्ट्रिय परिवर्तन पार्टीबीच चुनावी सहकार्य र एकता सहमति

काठमाडौँ- देशको गम्भीर अर्थ, राजनीतिक संकट, भ्रष्टाचार, नातावाद र बेरोजगारीविरुद्ध पछिल्लो समय भएका जेनेरेसन जेड (जेनजी) आन्दोलनको ऐतिहासिक कार्यभार पूरा गर्ने उद्देश्यसहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र राष्ट्रिय परिवर्तन पार्टीबीच चुनावी सहकार्य तथा एकता सहमति भएको छ।

सहमति पत्रअनुसार दुवै पार्टीले विभिन्न कालखण्डमा भएको न्यायपूर्ण संघर्ष र पछिल्लो समयको जेनजी आन्दोलनका महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा बेपत्ता योद्धाहरूको उच्च सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा दुई पार्टीबीच सहकार्य गर्ने र आजकै दिनदेखि पार्टी एकताको लागि छलफल अघि बढाउने सहमति भएको छ।

दुवै पार्टीले देश तथा विदेशमा बस्ने परिवर्तनशील, देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई आफ्नो अभियानमा सहभागी हुन आह्वान गरेका छन्। साथै, भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचन र विभिन्न मोर्चाबाट परास्त गर्न नयाँ तथा उन्नत वैकल्पिक शक्तिहरू र नवयुवाहरूसँग हातेमालो गर्ने अपिल पनि गरिएको छ।

सहमति पत्रमा राष्ट्रिय परिवर्तन पार्टीका उपाध्यक्ष दिनेशचन्द्र खनाल र प्रलोपा संवाद समितिका संयोजक जनार्दन शर्माको हस्ताक्षर रहेको छ।

प्रकाशित: २३ पुष २०८२ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast