नयाँ पार्टीमाथि शिक्षामन्त्रीको व्यंग्य : ढंग पटक्कै पुगेन हौँ, तानातान नगरौँ हौँ लाखे

हिमाल प्रेस २७ पुष २०८२ ६:५९ | Sunday, January 11, 2026
44
SHARES
नयाँ पार्टीमाथि शिक्षामन्त्रीको व्यंग्य : ढंग पटक्कै पुगेन हौँ, तानातान नगरौँ हौँ लाखे

काठमाडौँ- शिक्षामन्त्री महावीर पुनले नयाँ पार्टीका गतिविधिमाथि व्यंग्य गरेका छन्। उनले सामाजिक सन्जालमार्फतअहिलेको समय भनेको फुटेर नभई जुटेर अघि बढ्नुपर्ने समय भएको बताएका छन्।

पछिल्लो समय युवा नेताहरूमा देखिएको पदीय झगडाप्रति व्यङ्ग्य गर्दै मन्त्री पुनले यो त पुरानै वृद्ध नेताहरूको जस्तै पारा भएको बताएका छन् । प्रधानमन्त्री पदका लागि युवा नेताहरू बिचमै खुट्टा तानातान हुनु भनेको आफ्नो खुट्टामा आफैँ बन्चरो हाने सरह हुने उनको भनाइ छ ।

मन्त्री पुनले भनेका छन्, ‘ढंग पटक्कै आएन हाउ । प्रधानमन्त्री पदका लागि युवा नेता भाइहरू किन तानातान गरिरहेका छौ हाउ लाखे? यो त पुरानै वृद्ध नेताहरूको जस्तै पारा भयो नि । आफ्नो खुट्टामा आफैँ बन्चरो नहानुम् त । यो भनेको फुटेर होइन, जुटेर नगई नहुने समय हो ।’

 

प्रकाशित: २७ पुष २०८२ ६:५९ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast