चार उम्मेदवारले अभिभावक बन्न आग्रह गरेपछि उम्मेदवारी फिर्ता लिन छलफलमा बाबुराम

हिमाल प्रेस ९ माघ २०८२ १२:५३ | Friday, January 23, 2026
358
SHARES
चार उम्मेदवारले अभिभावक बन्न आग्रह गरेपछि उम्मेदवारी फिर्ता लिन छलफलमा बाबुराम

काठमाडौँ- गोरखा क्षेत्र नम्बर २ का अन्य उम्मेदवारहरूले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का डा.बाबुराम भट्टराईलाई उम्मदवारी फिर्ता लिएर सहयाेग गर्न आग्रह गरेका छन्।

शुक्रबार उम्मेदवारहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लेखनाथ न्यौपाने, नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का कविन्द्र बुर्लाकोटी र नेकपा एमालेका मिलन गुरुङ (चक्रे) ले टेलिफोनमार्फत डा.भट्टराईलाई उम्मदवारी फिर्ता लिएर अभिभावकीय भूमिका खेल्न आग्रह गरेका हुन्।

भट्टराईले उम्मेदवारी फिर्ता लिने नलिने विषयमा निर्णय गर्न बाँकी रहेको उनको सचिवालयले हिमालप्रेसलाई जानकारी दिएको छ।

डा.भट्टराईको सचिवालयका एक सदस्यले भने, ‘गोरखा-२ का सबै उम्मेदवारले तपाईँ आउँदा झन् बढी अस्वस्थ प्रतिस्पर्धा हुने भयो। तपाईँ नआउँदा तपाईँकै एजेन्डा लिएर अगाडि बढ्न तयार छौँ। तपाईँले गरेका विकासका अपूरा कामहरूलाई पूर्णता दिन्छौँ। तपाईँको चेलासरह भएर अगाडि जान तयार छौँ भनेर अपिल गर्नुभयो। यसबारे डा‍.भट्टराईले साेच्दै हुनुहुन्छ।’

प्रकाशित: ९ माघ २०८२ १२:५३ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast