कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म

हिमाल प्रेस २८ पुष २०८२ १७:२२ | Monday, January 12, 2026
14
SHARES
कांग्रेस विशेष महाधिवेशन मंगलबारसम्म काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्रमा सहभागी प्रतिनिधिहरू।

काठमाडौँ– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ। दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार बैठक मंगलबारसम्म लम्बिएको छ।

नेतृत्व चयनसमेत मंगलबार नै  थालिने उनले बताए। उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनीभूत रूपमा चलिरहेको छ। यो क्रम मंगलबार पनि चल्नेछ। त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ।’

प्रकाशित: २८ पुष २०८२ १७:२२ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast