काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ। संस्थापन पक्षसँग भएको वार्ता सकारात्मक नभएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो। महाधिवेशन काठमाडौँ भृकुटीमण्डपमा जारी छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले उम्मेदवारको मनोनयन र मतदान प्रक्रिया कांग्रेसको पुरानै विधानमा उल्लेखित पदअनुसार अघि बढ्ने जानकारी दिए।
विशेष महाधिवेशनबाट पारित हुने नयाँ विधान निर्वाचन आयोगबाट प्रमाणीकरण भएपछि मात्रै लागु हुने भएकाले हालको निर्वाचन पुरानै विधानमा उल्लेख भएका पदहरूका आधारमा तयारी गरिएको छ। कांग्रेसको विधानअनुसार यस निर्वाचनमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ र केन्द्रीय सदस्यहरूको लागि मतदान हुनेछ।

प्रकाशित: २९ पुष २०८२ १३:०२
प्रतिक्रिया



