कांग्रेस विशेष महाधिवेशन : हिजो स्थगित उम्मेदवार मनोनयन आज चल्दै, ककसको पर्ला सभापतिमा उम्मेदवारी?

हिमाल प्रेस ३० पुष २०८२ ६:५५ | Wednesday, January 14, 2026
6
SHARES
कांग्रेस विशेष महाधिवेशन : हिजो स्थगित उम्मेदवार मनोनयन आज चल्दै, ककसको पर्ला सभापतिमा उम्मेदवारी? फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।

कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता खुला गरिएको थियो । उम्मेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधवारका लागि सारिएको थियो ।

कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी छ । पार्टीभित्रको विवादका कारण विशेष महाधिवेशन लम्बिएको हो । संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच अहिलेसम्म दुई विषय मिल्न नसकेको छलफलमा सहभागी नेताहरूले बताएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा राजनीतिबाट अलग हुने भन्ने विषय संस्थापनका तर्फबाट वार्तामा बसेकाहरूले मानेका छैनन्।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष सहमत भएको छैन।

प्रकाशित: ३० पुष २०८२ ६:५५ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast