महामन्त्रीद्वयले विशेष महाधिवेशनको तयारी गरेपछि कांग्रेस बैठक आज

हिमाल प्रेस १८ पुष २०८२ ५:४४
12
SHARES
महामन्त्रीद्वयले विशेष महाधिवेशनको तयारी गरेपछि कांग्रेस बैठक आज

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनाअनुसार कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बस्ने भएको हो।

बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन्।

महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको हल भाडामा लिइसकेका छन्। महाधिवेशन यही पुस २७ र २८ गते गर्ने तयारी छ।

प्रकाशित: १८ पुष २०८२ ५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast