काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षले आयोजना गरेको पत्रकार सम्मेलन स्थगित भएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेता शेखर कोइरालासहित केन्द्रीय नेताहरूलाई सँगै राखेर आज दिउँसो १ बजे सानेपामा गर्न लागेको पत्रकार सम्मेलन स्थगित भएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्याह्न पौने १२ बजे विज्ञप्ति निकालेर पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिए।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापतिसहित अधिकांश संस्थापन पक्षको विरोधबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्।
संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई हस्ताक्षर फिर्ता लिन हिजो आग्रह गरेको थियो। महामन्त्रीद्वय थापा र शर्माले यसको विरोध गरेका थिए।
प्रकाशित: २५ पुष २०८२ १२:०१
प्रतिक्रिया



