कांग्रेस संस्थापनको निष्कर्ष : विशेष महाधिवेशनको औचित्य सकियो

हिमाल प्रेस २० पुष २०८२ १८:१२
30
SHARES
कांग्रेस संस्थापनको निष्कर्ष : विशेष महाधिवेशनको औचित्य सकियो फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकालेको छ। आइतबार सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा बसेको कांग्रेस संस्थापन पक्षको भेलाले यो निष्कर्ष निकालेको हो।

सभापति देउवाले आफूनिकट पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका थिए। बैठकले विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकालेको हो।

बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्यस समाप्त भएको निष्कर्ष निकालेको हो।

बैठकपछि पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै देशभरका महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ आउनुपर्ने आवश्यकता नरहेको सन्देश प्रवाह गर्ने निर्णय भएको जानकारी दिए।

साथै बैठकले देशभरका नेता तथा कार्यकर्तालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिन आग्रह गरेको उनले बताए।

यसैबीच कांग्रेसले फेरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। बैठक सोमबार दिउँसो १ बजे बोलाइएको पार्टी कार्यालयका महासचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पुसमा हुने भनिएको १५ औँ महाधिवेशन वैशाखमा सारिएपछि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पुसमा नै विशेष महाधिवेशन गर्ने अडान राखेका छन्।

संस्थापन पक्ष र महामन्त्रीहरू आ–आफ्नो अडानमा कायम भएपछि कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै गएको छ।

प्रकाशित: २० पुष २०८२ १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast