काठमाडौँ- काठमाडौँ उपत्यका आज (शनिबार) थप घटेको छ। सुरुवाती मापनमै न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस देखिएको हो।
हिजो (शुक्रबार) पनि सुरुवाती मापनमा ३ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे २.४ मा झरेको थियो।
प्रकाशित: २६ पुष २०८२ ६:४८
प्रतिक्रिया



