काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेता बिमलेन्द्र निधि र कार्यकर्ताबीच चर्काचर्की भएको छ।
विशेष महाधिवेशन पक्षधर कार्यकर्ताले निधिलाई कार्यालय प्रवेश गर्दा अवरोध गरेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा दुई पक्षबीच चर्काचर्की भएको देखिन्छ।
भिडियोमा निधिले ‘को हो त्यो मान्छे? ए को हो? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेको सुनिन्छ। त्यस्तै, कार्यकर्ताको भीडबाट ‘तपाईं चैं हो?’ भन्ने आवाज पनि सुनिन्छ।
निधि कार्यालयभित्र प्रवेश गरेपछि ‘ओइ, आइजा’, ‘तेरो घर’ जस्ता स्वर भिडियोमा सुनिन्छ।
प्रकाशित: २२ पुष २०८२ १४:५५
प्रतिक्रिया



