सीजी ब्रान्डको ‘विश्वकप योजना’ : दोस्रो चराण्का दुई विजेता सार्वजनिक

हिमाल प्रेस ४ माघ २०८२ २०:४७ | Sunday, January 18, 2026
2
SHARE
सीजी ब्रान्डको ‘विश्वकप योजना’ : दोस्रो चराण्का दुई विजेता सार्वजनिक

काठमाडौँ- नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो ‘सीजीको साथमा, वल्र्डकप टिकट हातमा’ योजनाअन्तर्गत दोस्रो चरणका विजेताहरूको नाम घोषणा गरेको छ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गरी ल्याइएको यस योजनामा डिजिटल गोलाप्रथामार्फत दुई जना विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

दोस्रो चराणमा धनगढी कैलालीका आकाश कुँवर र तिलोत्तमा रुपन्देहीका मन्दिप पोखरेल विजयी भएका छन्। कुँवरले सीजी ब्रान्डको म्युजिक सिस्टम र पोखरेलले सीजी ब्रान्डको ४३ इन्चको टेलिभिजन खरिद गरेका थिए।

कम्पनीका अनुसार दुवै विजेतो पाँच दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। यस प्याकेजमा काठमाडौँ–मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटलमा बसाइ र खानपिनको व्यवस्था, मुम्बई सिटी टुरका साथै मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाली टोलीको खेल प्रत्यक्ष टिकट प्राप्त गर्नेछन्।

यो योजना अझै जारी रहेको जनाउँदै सीजीले आगामी दिनमा थप विजेताहरू घोषणा गरिने जनाएको छ।

प्रकाशित: ४ माघ २०८२ २०:४७ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast