बुटवलको औद्योगिक प्रदर्शनीमा ३० करोडको कारोबार

हिमाल प्रेस १७ पुष २०८२ २०:४३
12
SHARES
बुटवलको औद्योगिक प्रदर्शनीमा ३० करोडको कारोबार

बुटवल- बुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ सकिएको छ। प्रदर्शनी ३० करोड कारोबार गर्दै बिहीबार समापन गरिएको हो।

प्रदर्शनी समापनमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताए। उनले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताए।

‘प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको छ। उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न प्रदेश सरकार सधैँ तयार छ,’ उनले भने।

उनले बुटवललाई आर्थिक हबको रूपमा विकास गर्न उद्योगी व्यवसायीको योगदान आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे। ‘उद्योगी व्यवसायीले भोग्ने कठिनाइ समाधान गर्न प्रदेश सरकार साथमै छ। सधैँ अग्रणी मोर्चामा उभिएको छ,’ उनले भने।

रुपन्देही उद्योग संघ बुटवलको आयोजनामा सञ्चालन भएको महोत्सवमा पूर्व लक्षित योजनाअनुसार करिब ८ लाख दर्शकले अवलोकन गरेको र करिब ३० करोड रुपैयाँको कारोबार भएको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताए।

यो पटकको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमतर्फ मुख्य आकर्षण रहेको प्रदर्शनी आइडलमा पहिलो बुटवल देवीनगर बस्ने लिट्स कलेजका विद्यार्थी एण्डिज लामिछाने, बुटवलको अक्सफोर्ड कलेजमा अध्ययनरत आर्यन श्रेष्ठ, एभरेष्टमा अध्ययनरत विशेष भूर्तेल तेस्रो भएका छन्। त्यसै गरी प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट उद्यमीहरूलाई पुरस्कृत तथा सम्मान गरिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए।

पुस ३ गतेदेखि सुरु भएको प्रदर्शनी स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० वटा व्यावसायिक स्टल थिए।

प्रकाशित: १७ पुष २०८२ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast