डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

हिमाल प्रेस १० माघ २०८२ २०:५२
6
SHARES
डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौँ– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्य जाँचसम्बन्धी तीनवटा पुस्तक सार्वजनिक गरिएको छ।

सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीले आयोजना गरेको कार्यक्रममा डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्य जाँचका साथै डिजिटल परिदृश्य पुस्तक विमोचन गरिएको हो।

डिजिटल युगमा पत्रकारिता पुस्तक जर्मनीका पत्रकारहरु स्टेफान मोल र तन्जिभ शुल्जले लेखेका छन्। जर्मन भाषामा लेखिएको सो पुस्‍तकलाई लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्यले नेपाली भाषामा अनुवाद एवं सम्पादन गरेका छन्।

पुस्तकमा डिजिटलाइजेसनको युगमा मिडिया र पत्रकारिता, पत्रकारिताका शैली, सम्पादकीय व्यवस्थापन, सम्पादकीय जिम्मेवारी, पत्रकारिताको गुणस्तरलगायतका पक्षमा ‍बहुआयामिक ढंगले चर्चा गरिएको छ।

उज्ज्वल आचार्य र उमेश श्रेष्ठले लेखेको मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी पुस्तकमा मिथ्या सूचना, मिथ्या सूचनाको प्रतिकार, तथ्यजाँच प्रकृया, मिडिया साक्षरतालगायतका विषय समावेश गरिएको छ।

डिजिटल परिदृश्य पुस्तक पत्रकार तथा त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक ऋषिकेश दाहालले लेखेका हुन्। यो पुस्तकमा प्रतिमान परिवर्तनमा पत्रकारिता, अनलाइन समाचारको मूल्य, डिजिटल मिडिया र पत्रकारिता, युट्युबमा सम्पादकहरुको यात्रा, समाचारमा प्रतिलिपि अधिकारसहितका विषयलाई केलाइएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारिता र सोसल मिडियामा मिथ्या सूचनाको प्रभाव परेको उल्लेख गर्दै निर्वाचनमा हुन सक्ने मिथ्या सूचनाप्रति सजग हुन जरुरी रहेको बताइन्।

डिजिटल युगमा पत्रकारिताका लेखक स्टेफान मोलले विज्ञापन इन्टरनेटमा आधारित मिडियामा केन्द्रित हुँदै गइरहेको र पत्रकारहरु मिथ्या सूचना विरुद्ध लड्नु पर्ने भएकाले पत्रकारितामा चुनौती थपिएको बताए।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष नविन खतिवडाले नेपालमा निर्वाचनका बेला मिथ्या सूचनालाई न्यूनीकरण गरी सत्यलाई स्थापित गर्न आवश्यक रहेको बताए।

प्रकाशित: १० माघ २०८२ २०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast