काठमाडौँ ८ मा रास्वपाका विराजभक्तले दिए उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०८२ १७:१४ | Tuesday, January 20, 2026
32
SHARES
काठमाडौँ ८ मा रास्वपाका विराजभक्तले दिए उम्मेदवारी

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विराजभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठले मंगलबार नागार्जुनस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

श्रेष्ठले उक्त क्षेत्रमा दोस्रोपटक प्रतिस्पर्धामा उत्रिन लागेका हुन्। २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका उनी केही महिना युवा तथा खेलकुदमन्त्री भएका थिए।

उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ र नागार्जुन नगरपालिकाको ४ र ५ नम्बर वडा रहेका छन्।

अघिल्लो चुनावमा उनी १० हजार १ सय ५ मत ल्याई निर्वाचित भएका थिए। त्यति बेला श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका थिए।

पराजित सुमन सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका थिए। सायमी यसपटक पनि श्रेष्ठका प्रतिस्पर्धी छन्। उनी नेकपाबाट उम्मेदवार भएका हुन्। यसैगरी उक्त क्षेत्रमा कांग्रेसकी सपना राजभण्डारी र एमालेका राजेश शाक्य प्रतिस्पर्धामा छन्।

प्रकाशित: ६ माघ २०८२ १७:१४ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast