काठमाडौँ- विप्लव नेतृत्वको नेकपा माओवादीबाट विद्रोह गरी चिरञ्जीवी ढकाललगायत नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। अधिवक्तासमेत रहेका ढकाल प्रतिनिधिसभा काठमाडौँ ६ बाट प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन्।
नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच ढकाललगायत नेता कार्यकर्ता नेकपामा समाहित भएका हुन्। नेपाल कम्युनिस्ट पार्टी, माओवादी (एकता पक्षधर समूह)का संयोजक चिरञ्जीवी ढकाल र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति पत्रमा हस्ताक्षर भएको छ।
पछिल्लो समय नेकपामा अन्य दलका नेता–कार्यकर्ता प्रवेश गर्ने लहर चलेको छ।
प्रकाशित: १४ माघ २०८२ १३:४७
प्रतिक्रिया



