रास्वपा गण्डकीबाट एकमात्र महिला उम्मेदवार बिना गुरूङले दिइन् उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०८२ १५:४१ | Tuesday, January 20, 2026
8
SHARES
रास्वपा गण्डकीबाट एकमात्र महिला उम्मेदवार बिना गुरूङले दिइन् उम्मेदवारी

पाेखरा- रास्वपाबाट गण्डकी प्रदेशकाे एकमात्र महिला उम्मेदवार बिनाकुमारी गुरूङले कास्की ३ बाट मनाेनयन दिएकी छन्।

पाेखरा-५, मालेपाटन निवासी उनी समाजसेवीकाे रूपमा चिनिन्छिन्। सञ्जीवनी दिदी बहिनी समूहकी अध्यक्ष उनले मनाेनयन दर्तासँगै राजनीतिलाई पेसा बनाउन नहुने बताइन्। उनले भनिन्, ‘हामीले अब कुराभन्दा काम गरेर देखाउने बेला भएको छ।’

कास्की गुरूङ समुदायकाे बाहुल्य क्षेत्र भएकाे तथा जेनजी चाहना अनुसार युवा मतदाताकाे नयाँ उम्मेदवारप्रति आकर्षण बढ्न सक्ने भएकाले रास्वपालाई कास्की ३ मा कम आँक्न मिल्दैन। कास्की ३ काे क्षेत्र २०७९ काे निर्वाचनमा एमालेका दामोदर बैरागीले जितेकाे क्षेत्र हाे।

रास्वपाले कास्की १ मा गनेश पाैडेल र २ मा उत्तम पाैडेल उम्मेदवार बनाएको छ।

प्रकाशित: ६ माघ २०८२ १५:४१ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast