काठमाडौँ- नेपालको अन–डिमान्ड सर्भिस प्लेटफर्म ‘भेटायो’ ले जाडोलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका ग्राहकहरूका लागि विशेष गिजर मर्मत तथा जडान सेवा सुरू गरेको छ।
घर तथा अफिस दुवैका लागि यो सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो सेवा मात्र एक हजार रुपैयाँमा सञ्चालनमा ल्याइएको हो।
जाडो महिनामा गिजरको प्रयोग अत्यधिक हुने भएकाले यसमा विभिन्न प्राविधिक समस्याहरू हुने गरेका छन्। प्राविधिकहरूका अनुसार गिजरलाई सुरक्षित र प्रभावकारी राख्न कम्तीमा वर्षमा एकपटक वा प्रयोगको आधारमा हरेक ६ महिनामा सर्भिसिङ गराउनुपर्ने हुन्छ।
भेटायोले अनुभवी र प्रमाणित प्राविधिकहरूमार्फत सुरक्षित सेवा प्रदान गर्दै आएको छ। योजनाअनुसार निरीक्षण र सफाइ, मर्मत, नयाँ जडानलगायतका सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
काठमाडौँ उपत्यकाभित्र यो सेवा लिन इच्छुक ग्राहकले ‘भेटायो एप’ डाउनलोड गरेर वा सिधै फोन नम्बर ९८०१०८८०८० मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।



