झापा ५ को घरदैलो कार्यक्रममा बालेन पत्नी सविना

हिमाल प्रेस १२ माघ २०८२ १२:३१ | Monday, January 26, 2026
28
SHARES
झापा ५ को घरदैलो कार्यक्रममा बालेन पत्नी सविना

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’की श्रीमती सविना काफ्ले यतिबेला झापामा छन्। उनी बालेनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको झापा ५ पुगेका मतदाता भेटिरहेकी छन्।

उनी आजैदेखि मतमाग्दै घरदैलो कार्यक्रममा सरिक भएकी हुन्। माघ १२ गते बिहान ८ बजेदेखि सुरु भएको उक्त कार्यक्रम ११ बजेसम्म सञ्चालन गरिएको थियो। दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो।

यसअघि नै बालेन काठमाडौँ फर्किसकेका छन्। उनी उम्मेदवारी दर्ताका लागि झापा पुगे पनि लामो समय त्यहाँ बसेनन्। पूर्वी पहाडी जिल्लाको घुमघाम पछि काठमाडौँ फर्किएका छन्।

प्रकाशित: १२ माघ २०८२ १२:३१ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast