काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्।
शाहले दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्। मनोनयन दर्ताका क्रममा उनी समर्थक र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।
बालेन शाहलाई बाटोभरि ठाउँठाउँमा कलससहित स्वागत गरिएको थियो। समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
यसअघि काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका शाहले सक्रिय राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै निर्वाचनमा उम्मेदवारी दिएका हुन्।
झापा-५ बाट उनको उम्मेदवारीसँगै झापाको राजनीतिक माहोल थप तातेको छ।
प्रकाशित: ६ माघ २०८२ १३:१३ | Tuesday, January 20, 2026
प्रतिक्रिया





