माघ ४ मा मेयरबाट राजीनामा दिएर निर्वाचनमा होमिने तयारीमा बालेन

हिमाल प्रेस ३० पुष २०८२ ७:२७
2
SHARE
माघ ४ मा मेयरबाट राजीनामा दिएर निर्वाचनमा होमिने तयारीमा बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन्। आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन्।

निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, उनले ४ गते मेयर पदबाट राजीनामा दिनेछन् । त्यसपछि उनी भोलिपल्ट रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका छ ।

 

प्रकाशित: ३० पुष २०८२ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast