फिल्म निर्देशनमा अर्पण थापा, गरे ‘फ्रेन्च किस’ को शुभ मुहूर्त

हिमाल प्रेस ९ माघ २०८२ १७:३७ | Friday, January 23, 2026
26
SHARES
फिल्म निर्देशनमा अर्पण थापा, गरे ‘फ्रेन्च किस’ को शुभ मुहूर्त

काठमाडौँ- कलाकार तथा निर्देशक अर्पण थापाले ‘फ्रेन्च किस’ नामक फिल्म बनाउने भएका छन्। सरस्वतीको पूजाको अवसरमा कमलादीस्थित गणेश मन्दिर शुभ मुहूर्त गर्दै उनले फिल्मको घोषणा गरेका हुन्।

फिल्म आगामी सोमबारबाट चितवनमा छायांकन सुरु गरिने निर्देशक थापाले जानकारी दिए।

फिल्मको मुख्य भूमिकामा अर्पण स्वंयं रहनेछन्। उनीसँगै फिल्ममा थिन्ले ल्हामो मुख्य भूमिकामा देखिनेछिन्। थिन्ले फिल्म ‘शाम्बाला’ बाट चर्चामा आएकी अभिनेत्री हुन्। सहायक भूमिकामा गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको अभिनय रहनेछ।

प्रेमकथामा आधारित रहेको फिल्म एटीएफ प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ। सौगात बस्नेत कार्यकारी निर्माता रहेको फिलमका सह-निर्मातामा सुभाष बि. शाही छन्।

फिल्म सुदीप बरालको छायांकन, दीपक बज्राचार्यको संगीत, ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइनमा बन्नेछ। फिल्म सन् २०२६ मा प्रदर्शन गर्ने टिमको तयारी छ।

प्रकाशित: ९ माघ २०८२ १७:३७ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast