निर्वाचनलाई शान्तिपूर्ण बनाउन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

हिमाल प्रेस १६ माघ २०८२ ६:११ | Friday, January 30, 2026
14
SHARES
निर्वाचनलाई शान्तिपूर्ण बनाउन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन फाइल तस्बिर

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा सतर्कता अपनाउन वरिष्ठ अधिकृतहरूलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा बिहीबार आयोजित ‘निर्वाचन लक्षित वरिष्ठ अधिकृत सम्मेलन’मा महानिरीक्षक अर्यालले निर्वाचन प्रहरीलाई मर्यादित र सभ्य व्यवहार गर्दै परिचालित हुन निर्देशन दिए।

उनले ‘फिल्ड’मा खटिएका ‘कमाण्डर’ निर्वाचन लक्षित सुरक्षा कारबाही गर्न स्वतन्त्र रहेको बताए।

निर्वाचनमा सशस्त्र प्रहरी कर्मचारीले कुनैपनि राजनीतिक दलको पक्ष नलिई उम्मेदवारसँग सम्पर्कमा रहिरहन आदेश दिए।

सम्मेलनमा निर्वाचन सुरक्षा चुनौती, विद्यमान परिस्थतिलगायत विविध विषय र निर्वाचनका समयमा कुनैपनि मानवीय क्षति हुन नदिनेतर्फ अन्य सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सम्मेलनमा सशस्त्र प्रहरीका सम्पूर्ण बाहिनीपति ‘भर्चुल’ माध्यमबाट सहभागी भएका थिए।

प्रकाशित: १६ माघ २०८२ ६:११ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast