इरानमा सरकारविरूद्ध प्रदर्शन, ५० बढीको मृत्यु

हिमाल प्रेस २६ पुष २०८२ २०:५८
30
SHARES
इरानमा सरकारविरूद्ध प्रदर्शन, ५० बढीको मृत्यु

काठमाडौँ- इरानमा जारी विरोध प्रदर्शन दोस्रो हप्तामा प्रवेश गरेको छ। बढ्दो महँगी, अस्थिर मुद्रा र क्रय क्षमतामा आएको ह्रासका कारण इरानमा विरोध प्रदर्शन भइरहेको हो।

कतिपय विश्लेषकहरूले सत्ताविरूद्ध लामो समयदेखिको असन्तुष्टिका कारण इरानमा प्रदर्शन भइरहेको बताएका छन्। २८ डिसेम्बरदेखि सरकारविरूद्ध सुरू भएको प्रदर्शन इरानमा निरन्तर जारी रहेको छ।

इरानी अधिकारीहरूले प्रदर्शनकारीविरूद्ध कडा चेतावनीहरू जारी गरेका छन्। अस्पतालहरू घाइतेले भरिएको बताइएको छ। एक चिकित्सकलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार तेहरानको एउटा आँखा अस्पताल संकटकालीन अवस्थामा छ।

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘ठूलो समस्या’ मा रहेको बताएका थिए। प्रदर्शनकारीहरूमाथि गोली नचलाउन उनले इरान सरकारलाई चेतावनी दिएका थिए। उनले भनेका थिए,‘राम्रो हुनेछ कि उनीहरूले गोली चलाउन सुरू नगरून्, यदि उनीहरूले त्यसो गरे भने हामी पनि गोली चलाउनेछौँ।’

इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पत्र लेखेर ‘अमेरिकाले प्रदर्शनलाई हिंसक र देशलाई अस्थिर बनाउने कार्य’ गरेको आरोप लगाएको छ। इरानका अनुसार यी प्रदर्शनहरू तोडफोडको घटनामा परिणत भएका छन्।

प्रदर्शनकारीको टाउको र आँखामा गोली लागेको खबर

यसैबी अन्तर्राष्ट्रिय नेताहरूले शान्तिपूर्ण प्रदर्शनको अधिकार रक्षा गर्न अपिल गरेका छन्। सरकारविरोध प्रदर्शनहरू इरानका दर्जनौँ सहरहरूमा भएका छन्। मानवअधिकार संगठनका अनुसार अहिलेसम्म कम्तीमा ५० जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।

धेरैजसो अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इरानभित्र समाचार संकलनमा रोक लगाइएको छ। यसका अतिरिक्ति बिहीबार साँझदेखि इरानमा लगभग पूर्णरूपमा इन्टरनेट बन्द गरिएको छ।

अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी’ का अनुसार २८ डिसेम्बरदेखि सुरू भएको विरोध प्रदर्शनमा हालसम्म कम्तीमा ५० प्रदर्शनकारी र १५ सुरक्षाकर्मी मारिएका छन्। एजेन्सीले २ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले राष्ट्रसंघ जनधनको क्षतिप्रति गहिरो चिन्तामा रहेको बताएका छन्। उनले भने,‘विश्वमा कहीँ पनि मानिसहरूलाई शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने अधिकार छ। यो अधिकारको सरकारले सम्मान र सुनिश्चित गर्नुपर्ने हुन्छ।’

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, बेलायतका प्रधानमन्त्री सर कीर स्टार्मर र जर्मनीका चान्सलर फ्रेडरिक मत्र्जले संयुक्त विज्ञप्ति निकालेर ‘इरानी अधिकारीहरूको जिम्मेवारी आफ्ना नागरिकको रक्षा गर्नु र विना कुनै डर अभियव्यक्ति स्वतन्त्रता एवं शान्तिपूर्ण सभाको अनुमति दिनु’ रहेको बताएका छन्।

इरानका सर्वोच्च नेता खामेनीको चेतावनी

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले टेलिभिजन सम्बोधनमार्फत प्रदर्शनकारीहरूलाई कडा चेतावनी दिएका छन्। उनले सरकार कुनै पनि हालतमा प्रदर्शनकारीसामु नझुक्ने बताएका छन्।
‘इस्लामिक रिपलब्कि लाखौँ सम्मानित मानिसहरूको रगतले सत्तामा आएको हो, यो कुरा अस्वीकार गर्ने अगाडि सरकार पछि हट्ने छैन,’ उनले भने।

खामेनीले इरान विनाशकारी तत्वहरूसँग भिड्न थोरै पनि पछि नहट्ने बताएका छन्।

इरानका संयुक्त राष्ट्र राजदूतले सुरक्षा परिषद्लाई लेखेको पत्रमा अमेकिारले ‘धम्की, उक्साहट र जानाजानी अस्थिरता र हिंसालाई बढावा दिएर इरानको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको’ आरोप लगाएका छन्।

ट्रम्पले इरानको स्थितिलाई आफ्नो प्रशासनले सुक्ष्म ढंगबाट निकायालिरहेको बताएका छन्। उनले भने,‘मलाई लाग्छ मानिसहरू केही यस्ता सहरहरूमा कब्जा गरिरहेका छन्, जसको कल्पना केही हप्ताअघिसम्म कसैले गरेको थिएन।’

प्रदर्शनकारीलाई मार्ने काम भए अमेरिकाले कडा जवाफ दिने उनको भनाइ छ। अमेरिकाले इरानका विदेशमन्त्रीलाई ‘भ्रममा बाँचको’ सज्ञा दिएको छ। इरानी विदेशमन्त्री अब्बास अरागचीले इजरायल र अमेरिकामाथि विरोध प्रदर्शन भड्काएको आरोप लगाएपछि यो प्रतिक्रिया आएको हो।

‘इरानका बहादुर मानिसलाई हाम्रो समर्थन’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका इरानका बहादुर जनताको समर्थनमा रहेको बताएका छन्। शनिबार उनले सामाजिक सञ्जामा यस्तो बताएका हुन्।

यसैबीच इरानका सुरक्षा र न्यायिक एजेन्सीहरूले प्रदर्शनकारीहरूमाथि कुनै पनि सौर्हादता नदेखाउने बताएका छन्। इरानको नेशनसल सेक्युरिटी काउन्सिलले प्रदर्शनकारीविरूद्ध ‘निर्णायक र आवश्यक कानुनी कारबाही’ गरिने बताउको छ। काउन्सिलले उनीहरूलाई ‘हतियारधारी उपद्रवी’ र ‘शान्ति सुरक्षा भंग गर्ने’ तत्वको रूपमा व्याख्या गरेको छ।

प्रकाशित: २६ पुष २०८२ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast