अनिल बुढा मगरले सुरु गरे ‘मितज्यू’ को छायांकन

हिमाल प्रेस ९ माघ २०८२ १६:३५ | Friday, January 23, 2026
10
SHARES
अनिल बुढा मगरले सुरु गरे ‘मितज्यू’ को छायांकन

काठमाडौँ- अनिल बुढा मगरको निर्देशनमा बन्ने फिल्म ‘मितज्यू’ को छायांकन सुरु भएको छ। वसन्त पञ्चमीको अवसरमा दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ।

दाङसहित रोल्पाका विभिन्न स्थानमा फिल्मको छायांकन गरिने निर्माता जनक घर्तीमगरले बताए। उनका अनुसार ‘मितज्यू’ सामाजिक कथावस्तुमा बन्नेछ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाका।को अभिनय रहनेछ।

आरआर फिल्म्स वितरक रहेको फिल्म आगामी वर्ष जेठ १५ मा प्रदर्शनगर्ने टिमको तयारी छ।

प्रकाशित: ९ माघ २०८२ १६:३५ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast