घडी भवन, त्रिवि कीर्तिपुर।
काठमाडौँ- अखिल क्रान्तिकारीको तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालयको कामकारबाही एक सातादेखि ठप्प भएको छ। चार केन्द्रीय विभागको शुल्क घटाउनुपर्ने माग राख्दै संगठनले उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेको हो।
शुल्क घटाउने विषयमा ३४ दिन लामो आन्दोलनपछि भएको सहमति कार्यान्वयन नभएकाले तालाबन्दी गर्नुपरेको अखिल क्रान्तिकारीको दाबी छ। उपकुलपति प्रा.डा.दीपक अर्यालले भने शुल्क समायोजन प्रक्रिया चलिरहेकै अवस्थामा तालाबन्दी गरिएको र आफूलाई धम्कीसमेत आएको बताए।
तालाबन्दीका कारण प्रशासनिक काम, अन्तर्राष्ट्रिय छलफल तथा दैनिक सेवासमेत प्रभावित भएको त्रिविको भनाइ छ। यसअघि पनि त्रिविमा तालाबन्दी नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिइसकेको अवस्थामा फेरि तालाबन्दी भएको हो।
प्रकाशित: २५ पुष २०८२ ८:२०
प्रतिक्रिया



