एमालेसँग मिल्ने खबरपछि राजेन्द्र लिङ्देनले भने : हामी कुनै पार्टीसँग तालेमल गर्दैनौँ

हिमाल प्रेस १३ माघ २०८२ ६:३५ | Tuesday, January 27, 2026
22
SHARES
एमालेसँग मिल्ने खबरपछि राजेन्द्र लिङ्देनले भने : हामी कुनै पार्टीसँग तालेमल गर्दैनौँ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टीले कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल नगर्ने स्पष्ट पारेका छन्।

चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापामा व्यस्त रहेका अध्यक्ष लिङ्देनले राप्रपाको एकमात्र गठबन्धन जनतासँग बताउँदै पार्टी एक्लै चुनावी मैदानमा उत्रिने बताएका हुन् ।

पछिल्लो समय झापामा नेकपा एमाले लगायत अन्य दलहरूसँग राप्रपाको चुनावी तालमेल हुन सक्ने चर्चा चलिरहेका बेला उनले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘हाम्रो नीति सुरुदेखि नै स्पष्ट छ। म जनतासँग गठबन्धन गरेर एक्लै चुनाव लड्छौँ।’

प्रकाशित: १३ माघ २०८२ ६:३५ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast