प्रदर्शनकारीमाथि पोखराका वडाध्यक्षले खुकुरी प्रहार गर्न खोजेपछि…

हिमाल प्रेस २५ पुष २०८२ १५:५० | Friday, January 9, 2026
38
SHARES
प्रदर्शनकारीमाथि पोखराका वडाध्यक्षले खुकुरी प्रहार गर्न खोजेपछि…

पोखरा- पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले ल्याण्डफिल साइट विवादमा प्रदर्शनकारीमाथि खुकुरी प्रहारको प्रयास गरेका छन्। पोखरा-३३, पुँडिटारमा फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने निर्णयको विरोधमा स्थानीयवासीले शुक्रबार वडा कार्यालयमा तालाबन्दी गरेका थिए।

तालाबन्दी गर्न पुगेका प्रदर्शनकारीलाई वडाध्यक्ष अधिकारीले खुकुरी प्रहारको प्रयास गरेको स्थानीयवासीले बताएका छन्। कार्यालयमा ताला लगाउने बेलामा वडाध्यक्ष अधिकारी कार्यालयमा थिएनन्।

प्रदर्शनकारीको विरोध चलिरहँदा एक्कासि उनी खुकुरी नचाउँदै आएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ। आक्रोशित प्रदर्शनकारीले वडाध्यक्ष अधिकारीको गाडीमाथि ढुंगामुढा गर्दै तोडफोडसमेत गरेका छन्।

पोखरामा ल्याण्डफिल साइट विवाद वर्षौँदेखि चलिरहेको विवाद हो। पछिल्लो समय पोखरा महानगरपालिका कार्यालय वडा नं. ३३, झाँक्री खोलामा ल्याण्डफिल बनाउनेबारे निर्माण कम्पनीसँग सम्झौतासमेत भइसकेको छ।

तर सो क्षेत्रका स्थानीय वासिन्दा भने ल्याण्डफिल साइट बनाउन नदिने अडान राख्दै विरोधमा उत्रिएका छन्। गएको मंसिरमा पोखरा महानगरपालिकाले ८० करोड लागतमा फोहोर प्रशोधन केन्द्र निर्माणको सम्झौता गरेको थियो।

विगतमा अहिलेको नयाँ विमानस्थल नजिकै रहेको पोखराको ल्याण्डफिल साइट हाल लामेआहालमा अस्थायीरूपमा सञ्चालित छ।

प्रकाशित: २५ पुष २०८२ १५:५० | Friday, January 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast