भरुवा बन्दुकसहित ५ जना नियन्त्रणमा

हिमाल प्रेस १७ पुष २०८२ ८:५८
10
SHARES
भरुवा बन्दुकसहित ५ जना नियन्त्रणमा

काठमाडौँ– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएकामा प्रचण्ड देवको मृत्यु भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा बरामद भएका छन् ।

 

प्रकाशित: १७ पुष २०८२ ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast