कास्कीमा ४९ जनाले दिए उम्मेदवारी

हिमाल प्रेस ६ माघ २०८२ २१:२५ | Tuesday, January 20, 2026
20
SHARES
कास्कीमा ४९ जनाले दिए उम्मेदवारी

पोखरा- प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ कास्कीमा ४९ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। प्रमुख दलहरुसहित स्वतन्त्र उम्मेदवारहरुले मंगलबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तामझामका साथ मनोनयनपत्र दर्ता गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार कास्की क्षेत्र १ बाट १७ जनाले मनोनयन दर्ता गरे। जसमा एमालेबाट वैनबहादुर अधिकारी क्षेत्री, काँग्रेसबाट तिलकबहादुर रानाभाट, नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ (करण), राप्रपाबाट बाबुराम थापा, रास्वपाबाट खडकराज पौडेल (गनेश) ले मनोनयन दिएका छन्।

उज्यालो नेपाल पार्टीबाट मनीषा द्वा, नेपाल जनमुक्ति पार्टीबाट मीनबहादुर दर्जी, नेशनल रिपब्लिक नेपालबाट यज्ञबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट कुमार परियार, नेपालबाट रामकाजी चर्माकार, प्रगतिशील लोकतान्त्रिकबाट कर्णबहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट विलबहादुर तमाङ लामा, मंगाल नेशनल अर्गनाइजेसनबाट श्रीमान थापा, आम जनता पार्टी, हर्कबहादुर थापा र स्वतन्त्रबाट कृष्णबहादुर राउतले मनोनयन दिएका छन्।

कास्की क्षेत्र २ बाट १७ जनाले मनोनयन दिएका छन्। एमालेबाट रश्मि आचार्य, काँग्रेसबाट माधवप्रसाद बास्तोला (मधु), नेकपाबाट हेमबहादुर थापा पराजुली, राप्रपाबाट हेमजंग गुरुङ, रास्वपाबाट उत्तम पौडेलले मनोनयन दिएका छन्।

मंगोल नेशनल अर्गनाइजेसनबाट ओलबहादुर गुरुङ, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट प्रेमबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट वीनिता अवाल, नेशनल रिपब्लिक नेपालबाट ज्ञानबहादुर गुरुङले मनोनयन दिए। यस्तै, स्वतन्त्रबाट ४ जनाले उम्मेदवरी दिए। जसमा नीरञ्जन कोइराला, निर्दोषविक्रम पौडेल, रामचन्द्र आचार्य, वसन्तराज घिमिरे, विष्णुप्रसाद तिवारी छन्।

यसै गरी, कास्की ३ बाट दल र स्वतन्त्र गरी १५ जनाले उम्मेदवारी दिए। एमालेबाट दामोदर पौडेल बैरागी, काँग्रेसबाट मनोज गुरुङ), नेकपाबाट गोपाल गिरी, राप्रपाबाट अर्जुनप्रसाद खनाल, रास्वपाबाट बिना गुरुङले मनोनयन दिएका छन्। साथै, नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट कमल खड्का विश्वकर्मा, आमजनता पार्टीबाट कुशल थापा क्षेत्री, मंगोल नेपाल अर्गनाइजेसनबाट जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीबाट टेकबहादुर सार्की, उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालबाट तीर्थ गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट मीनबहादुर थापा, नेमकिपाबाट मीना न्हिसुतु, श्रम संस्कृति पार्टीबाट हितकाजी गुरुङले मनोनयन दिएका छन्।

गत २०७९ सालको प्रतिनिधि सभा सदस्य चुनावमा प्रत्यक्षतर्फ कास्कीका तीनवटै क्षेत्र एमालेले जितेको थियो। अघिल्लो पालि चुनाव जितेका एमालेका दामोदर बैरागी यसपालि पनि कास्की ३ बाट दोहोरिएका छन्। कास्कीमा २ मा २ दिनअघि एमालेका कृष्ण थापाले टिकट पाएको चर्चाबीच उनको चर्को आलोचनापछि उनको ठाउँमा रश्मिलाई उम्मेदवार बनाइएको हो। तर दुवैजना मनोनयनमा सँगै गएका थिए।

मनोनयन दर्ता गरेसँगै उम्मेदवारहरुले आफूले चुनाव जित्ने दाबी गरेका थिए। उनीहरुले मुलुकमा नयाँ परिवर्तनसँगै देशको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी दिएका तर्क गरेका थिए। ठूला दलहरुमध्ये अधिकांशले पुरुष उम्मेदवारलाई टिकट दिएका छन्। रास्वपाबाट कास्की ३ मा बिनाले टिकट पाएकी हुन्। उनी रास्वपाबाट गण्डकीकै एकमात्र महिला उम्मेदवार हुन्।

प्रकाशित: ६ माघ २०८२ २१:२५ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast