कांग्रेस महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम

हिमाल प्रेस २९ पुष २०८२ १५:१०
24
SHARES
कांग्रेस महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम

काठमाडौँ- भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम भएका छन्। १४औं महाधिवेशनका प्रतिनिधिको कुल संख्यामध्ये मृत्यु भएका र पार्टी छाडेकाको संख्या घटाएर मतदाता कायम गरिएको हो।

१४औं महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता थिए। पार्टी छाड्ने र मृत्यु भएकाहरूको संख्या १ सय ५ छ। यद्यपि विशेष महाधिवेशनमा ६३ प्रतिशत प्रतिनिधि सहभागी छन्।

अहिले विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि फारम वितरण भइरहको छ। विशेष महाधिवेशनले एक जना सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ जना सहमहामन्त्री चयन गर्नेछ। केन्द्रीय समितिको पनि निर्वाचन गर्नेछ।

प्रकाशित: २९ पुष २०८२ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast