‘झरीपछिको इन्द्रेणी’ काे ३८ हजार टिकट बिक्री

हिमाल प्रेस ५ माघ २०८२ १२:०४ | Monday, January 19, 2026
20
SHARES
‘झरीपछिको इन्द्रेणी’ काे ३८ हजार टिकट बिक्री

काठमाडौँ- फिल्म ‘झरीपछिको इन्द्रेणी’ अहिले सीमित हलमा लागिरहेको छ। पुस ४ देखि प्रदर्शनरत फिल्मले अहिलेसम्म ३८ हजार २ सय २५ वटा टिकट बिक्री गरेको छ। चलचित्र विकास बोर्डको साप्ताहित बक्स अफिस कलेक्सन अनुसार माघ ३ गतेसम्म फिल्मले उक्त टिकट बिक्री गर्न सफल भएको हो।

फिल्मले भने अहिलेसम्म १ करोड २० लाख ३९ हजार ३ सय ५९ रुपैयाँ कमाएको छ। अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म सामाजिक विषयवस्तुमा आधारित छ।

निर्देशकसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: ५ माघ २०८२ १२:०४ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast