मनाङमा २९ मतदान केन्द्र निर्धारण, कति छन् मतदाता?

हिमाल प्रेस ५ माघ २०८२ १७:२९
10
SHARES
मनाङमा २९ मतदान केन्द्र निर्धारण, कति छन् मतदाता?

मनाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ। उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन्। २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ६ हजार ७७९ मतदाता रहेका थिए।

प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ मतदाताले २९ मतदान केन्द्रमा मतदान गर्ने छन्। सुरक्षा र मतदातालाई सहज बनाउन कारागारमा एउटा मतदान केन्द्र थप भएको छ।

नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी ६, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेका निर्वाचन अधिकारी कुँवरले बताए।

भौगोलिक दृष्टिले मनाङमा निर्वाचन जोखिमपूर्ण रहेको छ। यस समयमा पनि हिमपात हुनसक्ने र विकटतालाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनको कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका संयोजक नवराज पौड्यालले जानकारी दिए।

‘सडकसमेत नपुगेको र भौगोलिक विकटता रहेको नार्पाभूमिमा जोखिम छ। निर्वाचनको तयारी भने भइरहेको छ’, उनले भने।भौगोलिक रूपमा विकट, मौसमका हिसाबले संवेदनशील र पूर्वाधारको दृष्टिले चुनौतीपूर्ण मानिने यस जिल्लामा निर्वाचन सम्पन्न गर्नु आफैँमा एउटा ठूलो व्यवस्थापकीय काम हो।

त्यसैले निर्वाचन आयोग, जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच आवश्यक समन्वय गर्दै निर्वाचनको तयारीलाई प्राथमिकतामा राखिएको छ।

प्रकाशित: ५ माघ २०८२ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast