काठमाडौँ- नेपाली सेनाले ११ औं प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता-२०८२ गर्ने भएको छ। २६३ औं सेना दिवसको अवसरमा प्रतियोगिता यही माघ २४ गते महाशिवरात्रीको अवसरमा आयोजना गर्न लागेको नेपाली सेनाले जानकारी दिएको छ।
सेनाले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारासहित हुने प्रतियोगितामा म्याराथन, हाफ म्याराथन, १० कि.मी., ५ कि.मि. वाकाथान, ५ कि.मि. दाैड गरी ६ प्रकारका खेल समावेश गरिएको आयाेजकले जनाएकाे छ।
आयाेजकका अनुसार (४२.१९५ कि.मि.) म्याराथनतर्फ खुल्लामा पुरुषमात्र २ सय ५० जना सहभागी हुन पाउनेछन्। यो खेलमा प्रथम हुनेले ३ लाख पुरस्कार पाउनेछ। साथै रिसिक अटोमोबाइल प्रालिको तर्फबाट एक थान मोटरसाइकल पाउनेछ। द्वितीयले २ लाख तृतियले १ लाख, चौंथोले ५० हजार पाँचौले ३० हजार, छैंठौले २५ हजार, सातौंले २० हजार, आठौंले १५ हजार, नवौंले १० हवार र दशौंले ५ हजार नगद पाउनेछन्।
हाफ म्याराथनतर्फ २१ कि.मि.मा महिला, पुरुष र खुल्लातर्फ छ सय खेलाडी सहभागी हुन पाउनेछन्। यसमा प्रथम हुने महिला र पुरुष दुवैले १ लाख, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार पुरस्कार पाउनेछन्। साथै काठमाडौँ महानगरपालिकाको तर्फबाट प्रथम हुने पुरूषलाई एउटा मोटरसाइकल र महिलालाई एक थान स्कुटर पनि पुरस्कार स्वरुप प्ं गरिनेछ।
त्यस्तै, १० कि.मि.तर्फ सैनिक अधिकृतहरू, सैनिक कर्मचारी तथा सहचारी कार्यलयमा कार्यरत पदाधिकारीहरू, सैनिक महाविद्यालय र अवकाश प्राप्त तथा सेवारत सकलदर्जीहरूका कक्षा १०-१२ मा अध्ययनरत छोराछोरी र सोही कक्षामा अध्ययनरत गैह्र सैनिक व्यक्तिहरूका छोराछोरीले भाग लिन पाउनेछन्। जसमा ८ सय संख्या सहभागि हुने सेनाकाे आँकलन छ।
यसमा महिला, पुरुष र खुल्लातर्फबाट अधिकृत, सैनिक सहचारीको कार्यलय र खुल्ला गरी तीन तहमा पुरस्कार वितरण गरिनेछ। जसमा प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार र तृतीयले ५ हजार नगद पाउनेछन्।
५ कि.मि. वाकाथनतर्फ प्रमुख अतिथि/आमन्त्रित उच्चपदस्थ व्यक्तित्वहरू सहभागी हुन पाउनेछन्। जसकाे मागसंख्या ४ सय ४५ जना रहेकाे छ।
त्यस्तै ५ कि.मि. दाैडतर्फ सैनिक महाविद्यालय अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्र/छात्राहरू सहभागी हुन पाउनेछन्। जसकाे मागसंख्या ४ सय ४५ जना रहेकाे छ। जसकाे मागसंख्या १०० रहेकाे छ। यसमा प्रथम छात्र र छात्राको १० हजार, द्वितीयको ७ हजार र तृतीयको ५ हजार नगद तोकिएको छ।
सबै प्रतियोगितामा गरी जम्मा २५०० खेलाडी सहभागी हुने सेनाको आँकलन छ। प्रतियोगितामा फाराम दर्ताको लागि माघ ११ देखि १८ गतेसम्मको समय तोकिएको छ। रजिष्ट्रेसन फाराम भने नि:शुल्क रहेको छ।
फाराम अनलाइनबाट पनि भर्न सकिनेछ। भरेको उक्त फाराम भद्रकालीको जंगी अड्डास्थित नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बुझाउनुपर्नेछ। जसको लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला रहनेछ।
सामाजिक एकताको प्रतिकको रुपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाली सेनाले २०७२ सालदेखि सुरु उक्त प्रतियोगिता आयोजना गरिरहेको छ।



