नेपालमै हुँदैछ महिला टी २० विश्वकप छनोट, तर कठिन समूहमा नेपाली टिम

हिमाल प्रेस ६ पुष २०८२ ८:१९ | Sunday, December 21, 2025
32
SHARES
नेपालमै हुँदैछ महिला टी २० विश्वकप छनोट, तर कठिन समूहमा नेपाली टिम

काठमाडौँ- नेपालले आयोजना गर्ने महिला टी २० विश्वकप छनोटको ग्लोबल छनोट पुस ३० बाट माघ २० गतेसम्म हुने भएको छ।

समूह ‘बी’ मा नेपालले नेदरल्यान्ड्ससहित जिम्बावे, थाइल्यान्ड र स्कटल्यान्डको सामना गर्नेछ। यो समूह नेपालको लागि निकै कठिन हो। विश्वकप छनोटमा १० देशको सहभागिता रहनेछ । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन्।

विश्वकपअघि नेपालले आयरल्यान्ड र अमेरिकासँग अभ्यास खेल खेल्ने कार्यक्रम पनि रहेको छ । त्यसपछि नेपालले पुस ३० गते पहिलो खेल थाइल्यान्डसँग खेल्ने तालिका छ। माघ ८ गते नेदरल्यान्ड्स, पुस १० गते जिम्बावे र पुस १२ मा स्कटल्यान्डसँग खेल्ने तालिका छ।

नेपालले पहिलो पटक महिला विश्वकप छनोट आयोजना गर्न लागेको हो। प्रतियोगिताको खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदन र मुलपानीका दुई मैदानमा हुने क्यानले जनाएको छ।

क्यानले विश्वकपमा छनोट हुने योजनासहित नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल पाठकलाई नियुक्त गरेको छ। पाठकको लागि पहिलो जिम्मेवारी नै विश्वकप छनोट हुनेछ।

अहिले नेपाली टिमले मुलपानीमा अभ्यास गरिरहेको छ । दोस्रो चरणमा इन्दु बर्मा, रुविना क्षेत्री, सिता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, कविता कुँवर, राजमती ऐरी, साना प्रविन, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, काजोल श्रेष्ठ, रुवि पोद्दार र पुजा महतो अभ्यास टिममा छन् ।

प्रकाशित: ६ पुष २०८२ ८:१९ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast