एमाले नेतृत्व चयन प्रक्रिया : कुन पदमा कतिजना उम्मेदवार [सूचीसहित]

हिमाल प्रेस २९ मंसिर २०८२ २२:५१ | Monday, December 15, 2025
26
SHARES
एमाले नेतृत्व चयन प्रक्रिया : कुन पदमा कतिजना उम्मेदवार [सूचीसहित]

काठमाडौँ- नेकपा एमालेका विभिन्न पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ। प्रकाशित नामावलीअनुसार एक अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र वर्तमान अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। अन्य पदाधिकारी तथा सदस्यमा उनीहरूको समूह र एकल रूपमा पनि उम्मेदवारी परेको छ।

पार्टीको संशोधित विधानअनुसार पाँच उपाध्यक्ष पदमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट परशुराम मेघी गुरुङ पुथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ डा. विन्दा पाण्डे र विष्णुप्रसाद पौडेल गरी ११ जनाको उम्मेदवारी परेको छ। एक महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन्।

तीन उपमहासचिव पदमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट र विष्णुप्रसाद रिमालले उम्मेदवारी दर्ता गराएका छन्। नौ सचिव पदमा २० जनाको उम्मेदवारी परेको छ। विभिन्न भूगोल र क्षेत्रमा गरी केन्द्रीय सदस्यमा करिब एक हजारभन्दा बढीको उम्मेदवारी परेको छ। ती उम्मेदवारीमाथि दाबी विरोध र छानबिनपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए।

यसैगरी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र लेखा आयोग गरी ६४४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। मतदान मंगलबार दिउँसो १ बजेदेखि ७ बजेसम्म हुँदै छ।

महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन्।

प्रकाशित: २९ मंसिर २०८२ २२:५१ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast