तस्बिर : क्यान
काठमाडौँ- काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू १९ एसिया कपमा आज नेपालले श्रीलंकासँग खेल्दैछ। उक्त खेल द सेभेन्स रंगशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ।
नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ। नेपालले दोस्रो खेल मंसिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । यही मंसिर २६ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। उपाधि भीडन्त पुस ६ गते हुनेछ ।
प्रकाशित: २७ मंसिर २०८२ ८:०९
प्रतिक्रिया



